दक्षिण एसियामा नेपालको भू-राजनीतिक अवस्थिति शक्ति राष्ट्रका लागि रणनीतिक रुपमा रहँदै आएको छ। नेपालका दुई छिमेकी राष्ट्रहरु चीन र भारत आफ्नो प्रभुत्व जमाई राख्न चाहन्छन्। त्यस्तै अमेरिकाका लागि पनि नेपाल दक्षिण एसिया हेर्न रणनीतिक महत्त्वको भूगोलको रुपमा रहँदै आएको छ।

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टमा शनिवार नेपाल, पाकिस्तान र अफगानिस्तानलाई समेटेर चीन ‘हिमालय क्वार्ड’ गठबन्धन निर्माणको अन्तिम तयारीमा जुटेको टिप्पणी प्रस्तुत गरिएको छ।
यतिबेला हिमालय राष्ट्र नेपाल तीन शक्तिकेन्द्र बिचको टकरावमा पर्दै आएको छ। चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरई)को साझेदार हो नेपाल। विभिन्न बहुपक्षीय मञ्चहरुमा नेपाल तीन छिमेकीसँग एक साथ र छुट्टाछुट्टै रहँदै आएको छ। बीआरआईको सदस्य रहेको नेपाललाई अमेरिकाले आफ्नो रक्षा नीति ‘इन्डो प्यासिफिक स्ट्राटेजी (आईएफएस)’मा सहभागी गराउन अनेक प्रयास गरिरहेको छ। पूरा पढ्नुहोस