COVID-19

जनता- मनोरञ्जन केन्द्र होइन अस्पताल उद्घाटन गर्नुपर्थ्यो सरकार !, सरकार- त्यो पर्दैन् !

‘…त्यो पर्दैन.. हिहि..’ राष्ट्रपति भवन शीतल निवास नजिकै रहेका अस्पतालमा कोभिड-१९ संक्रमितका बिरामी अक्सिजन नपाएर छट्पटाइरहेका छन्। अर्कोतर्फ शुक्रबार त्यही शीतल निवासमा प्रधानमन्त्रीको रुपमा फेरि एकपटक केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिँदै थिए -‘देश र जनताका नाम’मा। तर, देश र जनताको नाममा प्रतिज्ञा गर्न नपर्ने ओलीको उन्मादलाई राष्ट्रपति भण्डारीले ‘हिहि’ मै टारिन र अगाडि बढिन्। हेर्दा/सुन्दा सामान्य लाग्ला तर, तर मर्यादाका हिसाबले राष्ट्रपतिलाई दिएको जवाफ प्रधानमन्त्रीको असामान्य थियो। अमर्यादित पनि। राष्ट्र प्रमुख र सरकार प्रमुखको यो दृश्य एकातिर पञ्छाएर राखौँ। उपत्यकाका अस्पतालहरुमा पुगौँ। बेड नपाएर, बेड पाएर पनि अक्सिजन नपाएर बिरामी छट्पटाइरहेका छन्। यो छट्पटाहट न बालुवाटारले सुनिरहेको छ न त शीतल निवासले नै। प्रधानमन्त्रीको शपथ लिएपछिको ओलीले देशकै ठूलो सिटी हलको उद्घाटन गरे। अझै एकाध काम बाँकी रहेको हलको उद्घाटन गर्दै प्रधानमन्त्रीले अस्पतालमा छट्पटाई रहेका बिरामी र बिरामी कुरुवालाई देशको अहिलेको अवस्थाप्रति जिम्मेवार ठहर्‍याउने काम गरे- मानौँ बिरामीहरु रहरले अस्पताल पुगेका छन् र अस्पतालको कृतिम अभाव सिर्जना गरिरहेका छन्। ‘हामीसँग बेडको अभाव छैन, सुविधा सम्पन्न अस्पताल जाने चाहने देखिन्छ, अक्सिजनसहितका बेड, अन्य उपकरणसहितका बेड, चिकित्सकसहितको बेडको प्रबन्ध गर्ने तयारी गरेका छौँ, देशभित्रका प्लान्टलाई पूर्ण क्षमतामा सञ्‍चालन गर्ने प्रयास गरिएको छ। हाम्रा सरोकारवाला सम्बन्धित निकाय, संघ-संस्था अझ प्रभावकारी कदम तीव्रताका साथ उपचारका लागि आवश्यक पर्ने उपकरण कमी हुन नदिनेगरी तयारी गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भनेका थिए। तर, उनले वस्तुगत अवस्थाबारे भने बुझ्ने चेस्टा गरेनन्। उपत्यकाका ठूला र सुविधासम्पन्न अस्पताल मात्र होइनन् देशका कुना कन्दराका अस्पताल पनि यतिबेला ‘फूल अकुपेन्सी’मा चलिरहेका छन्। अक्सिजन अभाव भयो भनेर सरकारी अस्पतालहरुले नै बिरामी भर्ना लिन नसक्ने सूचना जारी गर्न थालेका छन्। पाँच मिनेट अक्सिजनको सप्लाई बन्द हुँदा लुम्बिनी प्रदेशको मुकाम रहेको बुटवल र भैरहवाका सरकारी अस्पतालमा बिरामीको मृत्यु भएको दु:खद् तथ्य अस्पतालकै जिम्मेवार व्यक्तिले भनिसकेका छन्। के मानिस रहरले अक्सिजन लगाउन अस्पताल पुगेका थिए र मृत्युवरण गरे? केन्द्र सरकारको बचाउमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल हरेक दिनजस्तो फेसबुकमा स्टाटस् लेखिरहेका छन्। मानौँ उनको प्रदेशमा केही भएको छैन। उनकै कार्यालयभन्दा बाटा पारी रहेको अस्पतालमा अक्सिजन अभावमा मानिसहरुको मृत्यु भइरहेको छ। तर  उनी भने केन्द्रको राजनीतिमा बधाई साटिरहेका छन्। र, छिमेकको अस्पतालबाट निस्किने रोदनमा समवेदनाका एउटा शब्द निकाल्न सकिरहेका छैनन। बिरामी एम्बुलेन्स नपाएर ट्याक्टरमा अस्पताल जानुपर्ने बाध्यता छ। सरकारी नम्बर प्लेटका गाडी झण्डा फहराउँदै सडकमा हुइँकिरहेका छन्। मन्त्री हेलिकोप्टर चढेर उम्मेदवारी दर्ताका लागि लाखौँ खर्च गर्छन्। हेलिकोप्टरको भाडा कसले तिर्‍यो? थाहा भएन्। पक्कै पनि तिनै एम्बुलेन्स नपाएर ट्याक्टरमा अस्पताल जाँदा जाँदै बाटैमा मृत्युवरण गरेका नागरिकको करबाटै होला। तर, सत्ता उन्मादमा रहेको बालुवाटारले भनिरहेको छ, अस्पतालको अभाव छैन- ‘सिच्वेसन इज अन्डर कन्ट्रोल।’ प्रश्न गर्न पाइन्न यहाँ सरकारसँग। प्रश्न गर्‍यो कि कोभिड-१९ छाडिदिनुस्, प्रधामन्त्रीले जन्डिसका रोगी बनाइदिन्छन्। पूर्णरुपमा निर्माण सम्पन्न भएको छैन धरहराको। प्रधानमन्त्रीले २७ गते प्रतिनिधिसभाको बैठकमा गरेको सम्बोधनबाटै स्पष्ट हुन्छ। धरहराका अझ दुई खण्डको काम बाँकी नै छ। दोस्रो लहर उर्लन थाल्दा भीड जम्मा गरेर प्रधानमन्त्री उद्घाटन गर्न जान्छन्। आलोचना गर्दा धरहराको भ्रमण गर्न निम्ता दिन्छन्। प्रधानमन्त्रीज्यू धरहरा एक वर्षपछि पनि चढ्न सकिन्छ। बस यतिवेला अस्पतालमा बेड दिनुस्। अक्सिजन दिनुस्। बाँचिएछ भने सपरिवार धरहरा चढ्न आउने छौँ। धरहराको टुप्पोबाट बालुवाटारको कौसीलाई इंगित गर्दै धन्यवाद दिउँला। तपाईँले शनिबार मात्र उद्घाटन गरेको सिटी हलको विरोध होइन प्रधानमन्त्रीज्यू, म चाहन्थेँ तेस्रोपटक प्रधानमन्त्रीको रुपमा शीतल निवासबाट शपथ लिएर सिंहदरबार पुग्दै गर्दा तपाईँले एकैपटक शिलान्यास गरेका अस्पतालहरुको उद्घाटन हुनेछ। अँह! यो अपेक्षा राख्यो कि त म तपाईँको विरोधी कित्तामा पुग्ने छु। कोभिड-१९ को पहिलो र दोस्रो लहरबीच काम देखाउन उद्घाटन गरेका लिस्टमा एउटा संरचना सुदूरका जनताले उपचार पाउने अस्पताल पनि भएको भए कति राम्रो हुन्थ्यो। तपाईँलाई कमिशनको आरोप लगाउनेहरुमा जन्डिस देख्नुहुन्छ। ठिकै छ। कमिसन खानुभएको छैन होला तर, यसबीच कोभिड-१९ संक्रमण नियन्त्रण गर्न नियमित बाहेकको ‘एक्ट्रा’काम कति गर्नुभयो? ठूला ठेकेदारहरुसँग हिमचिम त कति छ तपाईँको पार्टीको फुट जोगाउनका लागि ठेकेदार र धनाढ्यको घरमा भान्सा लाउनुहुन्छ। के ती भान्सामा कोभिड-१९ संक्रमण नियन्त्रणका विषयमा छलफल भए त? छातीमा हात राखेर भन्नुस् त- बालुवाटारमा पार्टीका बैठक दैनिक हुँदा कोभिड-१९ संक्रमण नियन्त्रणका लागि कतिवटा बैठक भए? म चाहन्थेँ बालुवाटारमा हरेक दिन जसो प्रधानमन्त्री गहन रुपमा स्वास्थ्य विज्ञहरुसँग संक्रमण नियन्त्रणाका विषयमा चासोका साथ छलफल गर्नुहोस्। तर, हरेक दिन पार्टीका बैठक आयोजना गर्ने सरकारी निवासमा सरकारकै आदेश उल्लंघन भयो। स्वास्थ्य क्षेत्रका विज्ञलाई स्वास्थ्यको अवस्थाको बारेमा जानकारी राम्रोसँग थाहा हुन्छ। हरेक जस्तो सरकारका स्वास्थ्य सल्लाहकार छन्। नभएका देशमा अहिले कोभिड-१९ को संक्रमणका बेला सल्लाहकार बोर्ड गठन गरेका छन्। तर, तपाईँका निजी चिकित्सक छन्। अरु देशमा हरेक दिन स्वास्थ्य क्षेत्रका विज्ञले हरेक दिन अवस्थाका बारेमा जानकारी गराउँदै भोलिका बारेमा सचेत गराउँछन्। नेपालमा त्यही एउटा स्वास्थ्य मन्त्रालय छ- हरेक दिन नम्बर दिन्छ। भोलि यस्तो हुन सक्छ भन्दै एउटा आग्रह गर्छ। तपाईँकै नेतृत्वको सरकारको अर्को मन्त्रालयले टेर्दैन। अनुसन्धान कति भए सरकारको लगानीमा? चिकित्सकले अनुसन्धान गरी रिपोर्ट प्रकाशित गर्दा उल्टै स्पष्टीकरण सोध्ने काम भएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) त बनेको छ। त्यहाँ स्वास्थ्य क्षेत्रका विज्ञको नेतृत्व हुनुपर्ने खोई भएको? उपप्रधानमन्त्रीको नेतृत्व छ। मानौँ उनी सीसीएमसी मन्त्री हुन्। उनको इच्छाले भए हुन्छ नत्र हुँदैन्। विज्ञलाई तल राखेर अनविज्ञको नेतृत्वमा काम कसरी हुन्छ। सरकार त छँदै छ। नीति, योजना, कार्यक्रम विज्ञको नेतृत्वमा रहेको सीसीएमसीले तय गरोस् सरकारले पारित गरोस्। हुन त प्रधानमन्त्रीको गोजीभित्रका कोही अली विज्ञको ट्याग लागेका कोही हुन्थे भने नियुक्त भइसक्ने थिए होलान्। गोजीभित्रका विज्ञ फेला नपरेपछि नेतृत्व आफ्ना विश्वास पात्रलाई दिइएको होला। घरमै संक्रमित, निकम्मा सरकार प्रधानमन्त्री ओलीकै दाबीलाई एकातिर छ। तर, संक्रमित अस्पतालभन्दा घरमा धेरै छन्। रहरले होइन बाध्यताले। राम्रो अस्पतालको खोजीमा अस्पताल गएर भीड भयो भन्ने तर्क प्रधानमन्त्री छ। तर, शनिबारको स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्नुस्। देशभर एक लाख ९ हजार ७४० सक्रिय संक्रमितमध्ये सरकारले बनाएका संस्थागत आइसोलेसन र अस्पतालमा मात्र करिब ८  प्रतिशत संक्रमित रहेका छन्। बाँकी सबै होम आइसोलेसनमै छन्। अहिले देखिएको संक्रमण अघिल्लो वेभको तुलनामा गम्भीर खालको र अस्पताल भर्ना हुने दर बढी हुने र अस्पताल भर्ना हुनेमध्ये अक्सिजन चढाउनुपर्ने दर पनि बढी हुने भन्दै चिकित्सकहरुले सुरुदेखि सरकारलाई चेतावनी दिँदै आएका थिए। तर, सरकारले त्यसतर्फ पूर्व तयारी नगरी गफ गरेर बस्यो। अहिले अस्पताल भरिँदा संक्रमितलाई दोष दिएर उम्किन मिल्छ? सक्रिय संक्रमितको झण्डै ५० प्रतिशत वाग्मती प्रदेशमा छन्। जसको पाँच प्रतिशतमात्र अस्पताल तथा संस्थागत आइसोलेसनमा छन्। अघिल्लो वर्षदेखि नै संघ, प्रदेश र स्थानीय सरकारले संस्थागत आइसोलेसन बनाउने भन्दै आए। तर, बन्न सकेनन्। गत वर्ष भदौमा काठमाडौं महानगरले पाँच हजार क्षमताको एकीकृत आइसोलेसन बनाउने घोषणा गरे। तर, अहिलेसम्म बन्न सकेन्। केही स्थानीय तहको सक्रियतामा संस्थागत आइसोलेसन बने पनि संघ, प्रदेश र स्थानीय तहले एकीकृत आइसोलेसन बनाउन असफल भए र घरमै कोभिड-१९ संक्रमित बसे। घरदेखि

जनता- मनोरञ्जन केन्द्र होइन अस्पताल उद्घाटन गर्नुपर्थ्यो सरकार !, सरकार- त्यो पर्दैन् ! Read More »

अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्री : फितलो क्राइसिस डिप्लोमेसी, मोही माग्ने ढुंग्रो लुकाउने चाल!

काठमाडौं : शनिवारमात्र अमेरिकी सञ्चार माध्यममा नेपालमा कोभिड-१९ नियन्त्रणमा रहेको दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको दुई दिनपछि बेलायती पत्रिकामा लेख प्रकाशित गर्दै कोभिड-१९ को अवस्था भयावह भएको भन्दै सहयोगको अपिल गरेका छन्। शनिवार मात्र उनले सीएनएनसँगको कुराकानीमा नेपालमा कोभिड-१९ नियन्त्रणमा रहेको बताएका थिए। सिएनएनका पत्रकारले हाल परीक्षणको ४४ प्रतिशत परीक्षण पोजेटिभ आएको र गत महिना दैनिक १०० को हाराहारीमा रहेको कोभिड संक्रमण दिनकै ९ हजार पुगेको भन्दै प्रधानमन्त्रीसँग किन? भन्दै प्रश्न गरेका थिए। प्रधानमन्त्री ओलीले जनतामा लापारवाही बढेको र सोही कारण संक्रमण फैलिएको दाबी गर्दै सेकेन्ड वेभमा लगेको बताए। त्यस्तै पत्रकारले अघिल्ला महिनामा चाडपर्व मनाइएको र ठूला भेलाहरु पनि कारण हुन? भनेर सोध्दा नेपालको राजनीतिक अस्थिरताका कारण विपक्षी दलहरुले सभा गर्दा संक्रमण फैलिन मद्दत पुगेको दाबी गरे। उनले राजनीतिक दलहरुले लापारवाही गरेको दाबी गर्दा आफैले गरेका सभाहरुलाई उल्लेख गरेनन्। त्यसको दुई दिनपछि ओलीले बेलायती अखवार दी गार्डेइनमा लेख प्रकाशित गर्दै जी ७ को अध्यक्षसमेत रहेको बेलायतसँग जरुरी सहयोग गर्न अनुरोध गरेका छन्।  ‘मैले यो लेख्दै गर्दा मेरो देश कोभिड -१९ पाण्डेमिकको नयाँ र क्रुर उछालसँग लडिरहेको छ। संक्रामकको संख्या बढ्दै जाँदा हाम्रा साहसी डाक्टर, नर्स, अन्य सुसार प्रधान गर्नेहरु, नागरिक स्वंमसेवकहरु र सम्पूर्ण स्वास्थ्य प्रणालीमा नै गम्भिर चुनौती थपेको छ,’ गार्डेइनको अनलाइन संस्करणमा प्रकाशित उनको लेखमा भनिएको छ। उनले संक्रमितहरुलाई अस्पतालमा शय्या उपलब्ध गराउन नसक्ने अवस्था आएकोसमेत लेखेका छन्। त्यतिमात्र होइन उनले संक्रमणको उचाई चुमिरहेको बताएका छन्। ‘तीन करोड जनसंख्या भएको देशमा दैनिक ८ हजारको हाराहारीमा संक्रमण पुष्टि हुनु केही उच्च  हो। यति हुँदाहुँदै मृत्युदरलाई तल राख्न सकेका छौँ,’ उनले भनेका छन्। लेखमा आफ्नो सरकारले कोभिड-१९ को संक्रमण नियन्त्रणमा सक्दो प्रयास गरेको दाबीसमेत गरेका छन्। साथै उनले अस्पतालहरुमा अक्सिजन लगायतका सामाग्रीको सुनिश्चितताका लागि सक्दो प्रयास गरेको दाबी गरेका छन्। यति हुँदा हुँदै पनि स्रोत र पूर्वाधारहरुको अभावका कारण महामारीको भारी बोझको रुपमा परिणत हुँदै गएको उनले बताएका छन्। ‘त्यसैले मैले अन्तर्राष्ट्रिय समुदायसँग जीवन जोगाउने हाम्रो प्रयासमा हामीलाई भ्याक्सिन्, डायग्नोस्टिक किट, अक्सिजन किट, महत्त्वपूर्ण हेरचाहका औषधी तथा सामाग्रीहरु सहयोग गर्न अपिल गरेको छु,’ उनले लेखेका छन्, ‘हाम्रो जरुरी आवश्यकता भनेको जोगाउन सकिने मृत्युलाई रोक्नु हो।’ उनले यस कठिन घडीमा बेलायतसँग आफ्नो अपेक्षा उच्च रहेकोसमेत बताएका छन्। उनले यो पाण्डेमिकले धनी र गरिब देशहरुको बीचमा रहेको विशाल खाडीलाई फेरी पनि दर्शाएको बताउँदै यो खाडललाई सबैलाई खोप तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएर पुर्नुपर्ने बताएका छन्। जी ७ को अध्यक्ष रहेको बेलायतले नेपालका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्। ‘हाम्रा शेर्पाहरु उच्च उचाईमा संघर्ष गरिरहेका आरोहीहरुसँग अक्सिजन सेयर गरेर चिनिएका छन्। आज, कोभिड-१९ ले हाम्रो देशलाई श्वासबिहिन बनाइरहेको छ। त्यसैले हामी अन्तर्राष्ट्रिय समुदायका शेर्पाहरुको खोजी गरिरहेका छौँ। हिमाल आरोहीहरुका,’ उनले लेखको अन्तिममा लेखेका छन्, ‘हामी हाम्रा विश्वभरी रहेका साथीहरुसँग हामीलाई तत्काल अत्यावश्यक स्वास्थ्य सामाग्री, जीवन जोगाउने औषधीहरु, खोप सहयोग गर्न याचना गरेका छौँ। यी दुई साझा चुनौतीहरु- जलवायु परिवर्तन र पाण्डेमिकका लागि एक मात्र विकल्प भनेको ऐक्यवद्धता हो। एक मात्र वाटो भनेको एक भएर लड्नु हो विश्वव्यापी परिवारको रुपमा।’  नेपालको कुटनीति: मोही माग्ने ढुंग्रो लुकाउने! कोभिड-१९ संक्रमण उच्च रहँदा नेपालमा परीक्षणको दायरा साँघुरो छ। परीक्षण गरिएकामध्ये हाल दैनिक औषतमा ४० प्रतिशत बढीमा संक्रमण पुष्टि भइरहेको छ। सोमवारको तथ्यांक हेर्दा कुल परीक्षणमध्ये ५०.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। हाल नेपालमा दैनिक सरदरमा एक हजार मानिसमा ०.५ जनाको मात्र परीक्षण भइरहेको छ। त्यही भारतमा प्रति एक हजार सरदरमा १.२७ जनाको परीक्षण भइरहेको छ। आवर वर्ल्ड इन डाटाको तथ्यांकअनुसार नेपालमा दैनिक नेपालमा प्रति १० लाख २७९.४५ जनामा संक्रमण पुष्टि भएको छ। त्यहीँ भारतमा २८३.५० जनामा संक्रमण पुष्टि भएको छ। हालसम्मको तथ्यांकअनुसार नेपालमा कुल संक्रमित प्रति १० लाख २ हजार १२ भन्दा बढी छ। त्यही भारतमा एक हजार ९८३ छ। परीक्षणदर कम हुँदा पनि नेपालमा भारतमा भन्दा वृद्धिदर बढी छ। सात दिन अगाडिभन्दा अहिले नेपालमा संक्रमण पुष्टिदर ६३.३ प्रतिशतले बढी हुँदा भारतमा ४.८ प्रतिशतले बढी छ। ठूलो जनसंख्या र क्षेत्रफल भएको भारतमा संक्रमितको संख्या बढी भए पनि जनसंख्या र क्षेत्रफललाई हेर्दा हामी भारतको महामारीको संक्रमण दर भन्दा तल छैनौँ। धेरै कुरामा बढी नै छौँ। तर, भारतमा अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव बढिरहँदा नेपालमा सहयोग किन कम छ? अन्तर्राष्ट्रिय समुदायले किन नेपाललाई सहयोगको हात बढाउन अन्कनाइरहेका छन्? प्रश्न सरकारमा अडिएको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्- ‘हामी मोही माग्छौँ ढुंग्रो लुकाउँछौँ। अनी कसरी आउँछ सहयोग? सहयोग गर्छु भनेकासँग त सहयोग लिन अनेक बहाना बनाइन्छ।’ यसको उदाहरण अघिल्लो कोभिड लहरमा चीनले स्वास्थ्य सामाग्री तथा औषधीहरु अनुदान दिने भनिएको रकमबाटै पठाउँछौँ भनेर प्रस्ताव गर्दा नेपालले नमानेर खरिद गरेको थियो। त्यही खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै सरकारको आलोचना भइरहेको छ। संसदीय समितिले भ्रष्टाचार भएको निचोडसमेत निकालेको छ। ‘अहिले हामीले सहयोग माग्ने बेला हो। अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्ने बेला हो,’ ती अधिकारीले भने, ‘देशको संक्रमणको अवस्था, हाम्रो क्षमतालाई तथ्यगत रुपमा स्पष्ट अन्तर्राष्ट्रिय समुदायसँग भन्ने हो। यस्तो बेला तथ्य लुकाएर हुँदैन्। हाम्रो स्वास्थ्य प्रणालीले नभ्याउँदा भारतमा दैनिक चार लाख बढी छ। हाम्रोमा जम्म ९ हजार भनेर बस्ने होइन। भारतको जनसंख्या एक अर्ब तीस करोड हो हाम्रो जनसंख्या जम्मा तीन करोड यो अनुपात पनि अन्तर्राष्ट्रिय समुदायलाई देखाउने बेला हामी ९ हजार देखाएर नियन्त्रणमा छ भन्छौँ भने सहयोग कसरी आउँछ?’ छिमेकी देश भारतलाई सघाउन अहिले हरेक दिनजसो ठूला देशहरुले कैयौं उडानमार्फत् स्वास्थ्य सामाग्री पठाइरहेका छन्। तर, नेपाल भने विदेशीले सहयोग गरेको सामाग्री कुन जहाजबाट लिएर आउने भन्ने अल्मलिन्छ। अमेरिकाले भारतलाई खोप उत्पादनको लागि आवश्यक कच्चा पदार्थ र अन्य स्वास्थ्य उपकरण सहयोग गरेको छ। बेलायतबाट स्वास्थ्य उपकरण भारत पुगिसकेको छ। ईयुले पनि सहयोग गर्ने निर्णय गर्दा क्यानाडाले एक करोडको सहयोग घोषणा गरेको छ। पाकिस्तानले समेत भारतलाई सहयोग गर्ने प्रस्ताव राखिसकेको छ। दोस्रो लहर सुरु भए पछि चीनले सहयोग गरेको  र राष्ट्रसंघले पनि भारतलाई सहयोग गर्ने प्रस्ताव गरेपनि भारतले स्वीकार गरेको छैन । झण्डै उस्तै नियति भोगेको नेपालमा भने अहिलेसम्म चीनले दिने २० हजार अक्सिजन सिलिण्डर र अमेरिकाले मेमा १ मा घोषणा गरेको ८५ लाख डलरबाहेकको सहयोग नेपालमा आएको छैन। चीनले दिने भनेको २० हजार अक्सिजन सिलिण्डर मध्ये चार सय मात्र मंगलवार नेपाल आइपुग्दै छ। एक साताभन्दा बढी कुन जहाजमा ल्याउने भन्नेमै नेपाल सरकार अलमलमा देखियो। तर, कुटनीतिक रुपमा सरकारले सहयोगका लागि पहल गर्न सकेको छैन। अन्य देशले आफै चाहेर आएका सहयोगबाहेक नेपालले पहल गर्न सकेको छैन। ‘प्रधानमन्त्रीज्यूले अन्तर्राष्ट्रिय मिडियामा अन्तर्वार्ता दिँदा एउटा अवसर थियो। तर, उहाँ नियन्त्रणमा छ भन्नुहुन्छ अनी सहयोग पनि माग्नुहुन्छ,’ परराष्ट्रका ती अधिकारीले भने, ‘नियन्त्रणमा छ भन्नेलाई किन दिन्छन्? पहिलो प्राथमिकता भनेको जहाँ नियन्त्रणमा छैन त्यहाँ दिन्छ नी।’ प्रधानमन्त्रीले मिडियामा आफ्ना धारणा राख्दै गर्दा कुटनीतिक रुपमा पनि पहल गर्नुपर्छ। तर, त्यसतर्फ सरकार

अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्री : फितलो क्राइसिस डिप्लोमेसी, मोही माग्ने ढुंग्रो लुकाउने चाल! Read More »

Scroll to Top